मधेसमा डुवानको समस्या : उर्जामन्त्री पुनले मुख्यमन्त्री रावतलाई भने मिलेर काम गरौ



काठमाडौं– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबुु रावतले मधेशमा आएको बाढी र डुवानको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसंग छलफल गर्नुभएको छ ।

प्रदेशका भौतिक मन्त्री जितेन्द्र सोनलसहित उर्जा मन्त्रालय पुग्नु भएका मुख्यमन्त्री रावतले मधेसमा भइरहेको बाढी डुवानको विषयमा मन्त्री पुनसंग छलफल गर्नुभएको हो ।

भेटमा मन्त्री पुनले मधेस डुवानको दीर्घकालीन समाधानका लािग एकीकृत योजना बनाउने प्रस्ताव गर्न ुभएको छ । उहाले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोप विरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।

मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सवैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासंगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताउनुभयो । ‘डुवानको जरो कुरा पत्ता लगाउनका लागि एकीकृत योजना बनाएरै अघि बढौं, दुवै सरकारबीच समन्वय गरेर एकिकृत योजना बनाए मात्र दिर्घकालीन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन् । ’मन्त्रीपुनले भन्नुभयो ।

उहांले तत्कालिन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्याका समाधानका लागि एकिकृत योजना बनाउनुको विकल्प नभएको बताउनुभयो ।

प्रदेश २ कामुख्यमन्त्री राउतले मधेसमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने बताउनुभयो । उहांले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दिर्घकालीन योजना बनाउनु पर्नेमा जोड दिनुभयो । मुख्ययमन्त्री रावतले केन्द्र सरकारको ध्यान ठुला नदी व्यवस्थापनामा मात्र गएको भन्दै मधेसमा रहेका साना नदीले पनि क्षति पुर्याउने गरेको जानकारी दिनुभयो ।

उहांले उर्जा मन्त्री पुनसंग मधेसमा बाढी र डुवानका कारण अर्बौको धनजनको क्षतीभएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागि दीर्घकालीन योजना बनाई दिन आग्रह गर्नुभयो ।

‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन । अब व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दिर्घकालिन समाधान नखोज्ने हो भने समग्र भु- भाग नै खतरामा पर्ने सम्भावना छ ।’ मुख्यमन्त्री रावतले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्