अनिल थापाको फिल्म चेन्जीङ स्याडोको निर्माण



काठमाडौँ – फिल्म चेन्जीङ स्याडोको निर्माण भएको छ । हलिउडका कलाकार लाई लियर निर्देशक अनिल थापाले फिल्मको लेखन ,निर्माण एबं निर्देशन गरेका छन ।

३४ मिनेटमा फिल्मले अफ्नो कथा बस्तुलाई प्रस्तुत गर्नेछ । फिल्मलाई लस एन्जलसका बिभिन्न रमणिय स्थानमा खिचिएको छ । केही बर्ष अघिबाट निर्माण शुरु भएको फिल्म २०१९मा सम्पन्न भएको हो ।

प्रयोगको रुपमा छोटो फिल्मको निर्माण गरीएको फिल्मका निर्माता एबं निर्देशक अनिल थापा बताउनुभायो । अमेजन र आइ ट्ुन्स जस्ता अनलाईन प्लेट फर्मले छोटा फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने हुनाले पनि छोटो फिल्म तर्फ आकर्शण भएको निर्देशक थापाको भनाई रहेको छ ।

फिल्ममा क्याथरीन फराह,सब्ना गार्डनर,जुलियन ग्राहम,मार्क सि हानसन लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्