नगरभित्रका ईट्टा भट्टा तत्काल हटाउन नगरपालिकाको निर्देशन



काभ्रे- जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेका सबै इँट्टा भट्टाहरु तत्काल हटाउन निर्देशन दिएको छ । व्यवसायी र नगरपालिका बिच अघिल्लो वर्ष भएको सहमती अनुसार व्यवसायीले भट्टा नहटाएपछि नगरपालिकाले उक्त निर्देशन जारी गरिएको हो । नगरले इँटा भट्टा हटाउन सबै व्यवसायीलाई नगरले पत्रचार समेत गरेको छ ।

नगरपालिकासँग भएको सहमती अनुसार २०७६ असार मसान्तभित्र सबै ईट्टा भट्टा हटाउने सहमती भएको व्यवसायीले कार्यान्वयन नगरेपछि सहमति कार्यान्वयन गर्न इँटा उद्योगीलाई पत्राचार गर्न निर्देशन दिइएको हो । नगर प्रमुख टीपी शर्मा तिमल्सिनाले असार मसान्तसम्ममा सबै भट्टाहरु हटाउने सहमति भएको र सहमति कार्यान्वयन नभएपछि तत्काल हटाउन पत्राचार गरेको हो ।
गत वर्षको माघ महिनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपालिकाका पदाधिकारी र इँट्टा उद्योगीबीच असार मसान्तभित्र सबै भट्टाहरु हटाउने आठ बुँदे सहमति भएको थियो ।नगरपालिकाका इथानीयले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन नगरपालिका कार्यालयमा निवेदन सहित आग्रह गरेका थिए । उद्योगीले नगरपालिकाको निर्देशन र स्थानीयको मागको अवज्ञा गर्दै इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । काभ्रे जिल्लामा रहेका ईट्टा भट्टाहरूमध्ये आधा जति भट्टा नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बजार र बस्तीका बिच सञ्चालनमा छन् । विसं २०७५ वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्डविपरीत भएको निष्कर्ष निकालेको थियो । टोलीले इट्टा उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण मावन, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो । ‘त्यतिबेला अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निर्णय भएको नगर प्रमुख तिमल्सिना बताउँछन् ।
अझैपनि व्यवसायीले भट्टा हटाउन आनाकानी गर्दै आएका छन् । इँट्टा उद्योग संघका जिल्ला अध्यक्ष जितेन्द्र खयमलीले उद्योग हटाउने निर्णयमा पुनर्विचार गर्न नपासँग पुनः आग्रह गरेको बताएका छन् । उनले नगरपालिकासँग सहमती गर्दा उद्योग बन्द नगर्न आग्रह गरे पनि नगरपालिकाले उद्योग बन्द गर्न गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रह अनुसार सम्झौतापत्रमा हस्ताक्षर गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्