स्थानीय सरकार सम्बन्धि खोज पत्रकारिता तालिम



काभ्रे (नगरकोट) – नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजना तथा मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय सरकार मामिला खोज पत्रकारिता तालिम आयोजना भएको छ ।

नगरकोटमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले खोजपत्रकारिता अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक हरिबहादुर थापाले स्थानीय सरकारका अधिकार र पत्रकारिता विषयमा तालिम दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव नगेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा महासंघका कोषाध्यक्ष कपिल कोइरालाले कार्यक्रमको आर्थिक व्यवस्थापनबारे जानकारी दिएका थिए । शनिबार बिहान सुरु भएको कार्यक्रम आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्