मेरो बुद्धि बंगारा खुस्कियो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी आलीले आफ्नो बुद्धि बंगारो खुस्किएको बताउनुभएको छ ।

‘हिजो मेरो दाहिने पट्टिको माथिल्लो भागको वुद्धि बंगारो खुस्कियो, शानिबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्दको आकस्मिक तथा बहिरंग सेवाको भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, छामी हेरेँ, बंगाराको जरा पनि छैन । रगत पनि आएको छैन ।’ प्रधामन्त्री ओलीको दाँत उपचार कान्तिपुर डेण्टल अस्पतालका चिकित्सकले गर्दै आएका छन् ।

प्रधनमन्त्रीले बंगारा खुस्केपछि आफूले हजुरआमालाई सम्झिएको उल्लेख गर्नुभयो । ‘हजुरआमालाई सम्झन्छु’ उहाँले भन्नुभयो, ‘हजुर आमा १०१ वर्षको हुनुहुन्थ्यो । गाउँदेखि ७ किलो मिटर टाढाको बजार उहाँ एक्लै जानुहुन्थ्यो । उहाँले १०१ वर्षमा पनि मकै भटमास खानु हुन्थ्यो । हजुरआमाले जीवन भर औषधि खानु भएन । सुइ लगाउनु पनि परेन । बिरामी नभइ बित्नुभयो । तर अहिले हाम्रो अवस्था त्यस्तो छैन । औषधि बिना बाँच्नै नसकिने स्थिति छ ।’

प्रधानमन्त्रीले आफ्नो आँखाको पनि शल्यक्रिया गरिएको जानकारी गराउनु भयो । ‘दुई वटै आँखामा फुलो पर्यो’ उहाँले भन्नभयो, ‘अगाडि बसे जस्तो देखिन्छ, को बसेको छ रु चिनिदैन’ उहाँले भन्नुभयो, ‘अस्पताल गएँ सुइ लगाउँछन् कि भन्ने लागेको थियो तर लगाएनन् । बेडमा सुताए । डाक्टरहरुले एकछिन सल्याङबल्याङ गरेका थिए । मेरो आँखाको अप्रेशन गरेछन् । अप्रेशन गरेपछि बल्ल छर्लङ्ग देखियो । आँखाको अप्रेशन सजिलै रहेछ ।’

जनता समाचार डटकमबाट

प्रतिक्रिया दिनुहोस्