मनसुनी गतिविधि हाल कम सक्रिय



काठमाडौं– मनसुनको न्यून चापिय रेखा तराई भु९भाग भन्दा दक्षिण तिर रहेको कारणले नेपालमा मनसुनी गतिविधि हाल कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको तथा आज दिउँसो र राति केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

मनसूनको समयमा लगातार वर्षा भएको पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी ३ दिन मुख्य नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने तथा आज ‌ओखलढुँगा, रसुवा, धादिङ, गोरखा, दोलखा, रामेछाप, सिन्धुली, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, जुम्ला, डोल्पा, मुगु भइ बहने केही खोलाखहरेहरुमा तुलनात्मक रुपमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

दार्चुलाको सिमानापारि भारतको धार्चुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका यही साउन १३ गते सोमवार राति १२ बजेदेखि भोलिपल्ट मंगलवार बेलुकी पौने सात बजे सम्म खोलिने र जलस्तर बढ्ने भएकोले महाकाली नदी किनारमा पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्