कुवेतमाथि नेपालको सानदार जित, ग्लोवल छनोटमा पुग्ने सम्भावना बलियो
काठमाडौँ, ११ साउन – आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेत विरुद्ध सहज जित हासिल गरेको छ ।

जितसँगै अब नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग खेल्दैछ। सो खेल प्रतियोगिताको फाइनल बराबर हुने भएको छ। जित हात पार्ने टिम च्याम्पियन बन्दै विश्व छनोटमा पुग्नेछ।
आजको खेलमा नेपालसँग कुवेत ७ विकेटले पराजित भएको हो । कुवेतले जितका लागि दिएको १४२ रनको लक्ष्य नेपालले १६ ओभर खेल्दै मात्र ३ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान पारस खड्काको शानदार प्रदर्शन रह्रयो । पारसले ४२ बलमा ६८ रनको अर्धशतकीय पारी खेले । पारसले ११ चौका १ छक्का प्रहार गरे ।योसँगै कप्तान पारस टी–ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
खेलमा शरद भेसवाकरले अविजित ३८ रन बनाए । ज्ञानेन्द्र मल्लले १९ रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।