सेल्फी खिच्ने क्रमा तामाकोसी नदीमा खसेर युवतीको मृत्युु



रामेछाप– तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा खसेर एक युवतीको ज्यान गएको छ । शुक्रबार लिखु तामाकोशी गाउँपालिका वडा नं ७ हलेदे स्थित तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा खसेकी भक्तपुर कमल विनायककी वर्ष १८ की शर्मिला कर्माचार्यको कोशीले बगाएर शुक्रवार दिउँसो ज्यान गएको हो ।
युवती भक्तपुरवाट रामेछापको सदरमुकाम मन्थली हुँदै दोलखाको भिमेश्वर मन्दिर दर्शनको लागि जाँदै थिइन । रामेछापको सदरमुकाम मन्थलीवाट दोलखा तर्फ जाने क्रममा लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्गको हेलेदे भन्ने स्थानमा तामाकोशी नदी किनारमा पुगेर सेल्फी खिच्ने क्रममा उनको चप्पल चिप्लीएर तामाकोशी नदिमा परेकी थिइन ।

तामाकोशी नदीमा लडेकी शर्मिलालाई कोशीले वगाउँदै करिव १ किलोमिटर तल मन्थली नगरपालिका वडा नं १ आकाशेको पक्की पुल नजिक वग्दै आएको देखेपछि स्थानिहरुले प्रहरीमा खबर गरेका थिए । स्थानियको खवर पाउँनासाथ मन्थलीको आकाशेमा रहेको शसस्त्र प्रहरी गुल्मवाट गएको टोलीले उनको जिवितै उद्धार गरेको थियो । उनको अवस्था चिन्ताजनक भएकाले तत्कालै मन्थली स्थित तामाकोशी अस्पतालमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीले आवश्यक अनुसन्धान र सोधपुछको लागि उनी सँगै आएका डाक्टर, उनकी दिदी लगाएतको टोली र उनी सवार कार प्रहरी नियन्त्रणमा लिएर घटनाको वारेमा अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्