वर्षापछिको बाढीपहिरो बाट १ सय ११ जनाको मृत्यु, ४० जना बेपत्ता



काठमाडौं– वर्षापछिको बाढीपहिरो बाट १ सय ११ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् । गृहमन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार वर्षापछि आएको बाढी पहिरोबाट विभिन्न जिल्लमा १ सय ११ जनाको मृत्यु भएको र ४० जना बेपत्ता रहेको र ६७ जना घाइते भएको तथ्याङ्क सार्वजनिक भएको हो ।
नेपाल सरकार गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट १ सय २८ वटा र २ सय ८ वटा घटना भएका छन् । तथ्याङ्क अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । बाढीबाट ३१ जना र पहिरोबाट नौ जना बेपत्ता भएका छन् । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको भएका छन् । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् । यसैगरी सिराहामा सात, ललितपुरमा छ, सिन्धुलीमा पाँच, धनुषामा पाँच, मकवानपुरमा पाँच र भोजपुरमा पाँच जनाको मृत्यु भएको छ । यसैगरी महोत्तरीमा चार, मोरङमा चार, ओखलढुङ्गामा चार, लमजुङमा चार र डोल्पामा चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौँमा तीन, पर्सामा तीन, खोटाङमा तीन, झापामा तीन, र काभ्रेपलाञ्चोकमा तीनजनाको मृत्यु भएको छ भने सुनसरीमा दुई, धादिङमा दुई, दाङमा दुई र बारामा दुई जनाको ज्यान गएको छ । बाढीपहिोबाट उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक÷एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन(तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई(दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडाँै, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक/एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच/पाँच जना घाइते भए ।

मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एकरएक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीनरतीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्