भक्तपुरबाट चोरीको मोटरसाइकल सहित ६ जना पक्राउ



भक्तपुर– नक्कली ब्लुबुक र चोरीको मोटरसाइकल सहित भक्तपुरबाट ६ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त भक्तपुर थिमिको टोलीले सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ बर्षिय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेका छन् ।
यसैगरी पक्राउ पर्नेमा ललितपुर टिकाथली बस्ने १९ बर्षिय दीपक थापा मगर र सिन्धुपाल्चोक घर भई टिकाथली बस्दै आएका २१ ब्र्षिय कुमार नेपाल समेत रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट नम्बर प्लेट परीवर्तन गरी बा ९९ प ४१०८ न.को नम्बर प्लेट राखिएको मोटरसाइकल, बा ९९ प ४१०८ न. उल्लेख भएको ईन्जिन नं.नभएको ब्लुबुक र बा ७ प ५४७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य भइरहेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्