लमजुङमा भिषण बाढी , हाइड्रो पावर बगायो, ३ जनाको मृत्यु, केही बेपत्ता



काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हाइड्रो पावर बगाएको छ । बाढीमा परी तीन जनाको मृत्यु भएको मा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

दोर्दी गाउँपालिका ४ मा दोर्दी खोलाको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको र अन्य केही वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बसन्त पाण्डेको कमाण्डको टोली घटना स्थल पुगेको छ । बाढीले बगाएको लिवर्टी जलविद्युत आयोजनाका कामदार लगायतलाई बाढीले बगाएको हो । गाउँदेखि माथि बाँझे भन्ने ठाउँमा खोला थुनिएर एक्कासी बाढी आउँदा मानवीय क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीको सक्रियतामा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्