मकै र धानमा खेती गर्ने मुख्य सिजनमा मल अभाव हुँदा किसान संकटमा



काभ्रे– मकै र धानमा मल हाल्ने बेलामा रासायनिक मल अभाव भएपछि किसानहरू संकटमा परेका छन् ।
खेतीपातीको मुख्य सिजनमा आएर मल अभाव भएपछि किसानहरू धान र मकै खेतीमा गरेको लगानी र मिहिनेत खेर जाने चिन्तामा परेका छन् । समृद्धि र आत्मनिर्भरताका नारा लिएर सरकार अघि बढिरहेका बेला रासायनिक मलको अभावले कृषि पेशानै धरापमा पर्ने अवस्था आएको छ । उता कृषि पेशामा आश्रीत कृषकहरू मल नपाएपछि आन्दोलन गर्ने तयारीमा जुटेका छन् ।
अभिलेख अनुसार नेपालमा बार्षिक ६ लाख मेट्रिक टन रासायनिक मलको आवश्यक हुन्छ तर सरकारले उपलब्ध गराएको अनुदानबाट ३ लाख ३० हजार मेट्रिक टन मात्रै मल उपलब्ध हुँदा बाली लगाउने मुख्य सिजनमै मल अभाव भएको छ । अनुदानको मलको लागि ७० प्रतिशत कृषि सामाग्री कम्पनी र ३० प्रतिशत साल्ट टे«डिङ्ग कर्पाेरेशन मार्फत उपलब्ध गराउंदै आएको छ । जसमा कृषि सामाग्री कम्पनि मार्फत २ लाख ३० हजार मेटिक टन र साल्ट टे«डिङ्ग मार्फत झण्डै १ लाख मेट्रिक टन मलको लक्ष निर्धारण गरेको छ ।
रासारनीक मल अभाव हुँदा मकै र धान उत्पादन हुने काभ्रे लगायतका चार जिल्लाका किसान धुलिखेल चाहार्न थालेका छन् । कृषि सामाग्री कम्पनि लिमिटेड काभ्रेमार्फत काभे्र लगायत चार जिल्लामा रहेका झण्डै ४ सय डिलर मार्फत मल वितरण हुँदै आएको छ । उक्त दुई संस्थाले बितरणमा सहजता ल्याउदै अभाव नगराउने प्रयास गरेपनि अझै २० प्रतिशत मल अपुग भएको पाईएको छ ।
कृषि सामाग्री कम्पनि कार्यालय काभे्रका सुचना अधिकारी वासुदेब शर्माका अनुसार आर्थीक बर्ष ०७४÷०७५ मा युरीया ६ हजार ६ सय ९१ मेट्रिक टन, डिएपि ३ हजार ५ सय मेट्रिक टन बिक्रि भएकोमा ०७५/०७६ मा युरीया ७ हजार १४ मेट्रिक टन र डिएपि ३ हजार २ सय ९८ मेट्रिक टन बिक्रि भएको छ । उनका अनुसार ०७४/०७५ को तुलनामा ०७५/०७६ मा युरीया ३ सय २३ टन बढी र डिएपी २ सय २ मेट्रिक कम बिक्रि भएको छ । अघिल्लो बर्षको तुलनामा युरीया मल बढी उपलब्ध हुँदा पनि २० प्रतिशत मल अपुग भएको छ । अपुग हुनुमा लक्ष कम निर्धारणले गर्दा भएको बताउनु भयो । त्यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन बनेपाका सूचना अधिकारी शुरेन्द्र अवालेका अनुसार चार जिल्लामा रहेका १ सय ३७ सहकारी (डिलर) मार्फत मल वितरण भएको छ । आ.व ०७४/०७५ मा युरीया ४४ हजार ९ सय ९ बोरा र डिएपी १३ हजार ३ सय ४० बिक्रि भएकोमा आ.ब ०७५/०७६ मा युरीया २७ हजार २ सय ९८ बोरा र डिएपी १८ हजार ५ सय ४२ बोरा बिक्रि भएको छ । अगिल्लो बर्षको तुलनामा युरीया मल कम उपलब्ध भएको छ । उता कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय बिरगञ्जले साउनको १८/२० गते सम्मा मात्रै मल उपलब्ध हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्