‘तीजको दर’ लिएर आए बद्री पंगेनी र सिर्जु अधिकारी (भिडियो सहित)



काठमाडौं– गायक बद्री पंगेनी र गायिका सिर्जु अधिकारीको आवाजमा ‘तिजको दर’ गीत बजारमा आएको छ ।

रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना बाट सुसजित गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । दुर्गा पौडेलको छायाँकन, नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा शंकर विसी , सिर्जु अधिकारी र कल्याण रत्न कार्किको नृत्य तथा अभिनय रहेको छ ।
लोक दोहोरीको क्षेत्रमा लोकप्रियता कमाएका पंगेनी र अधिकारीले नारीहरुले मनोरञ्जनका लागि र आफ्नो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा सुख–दुःख साटासाट गर्ने कुरा र तिजको महिमालाई समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्