दुर्घटनामा एकको मृत्यु दुई घाइते



काभ्रे– काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ४ (जिरो किलो) नजिकै जिरोकिलो मेलम्ची सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाँचखाल नगरपालिका वडा नं. ४ का अन्दाजी वर्ष १७ का सञ्जिव श्रेष्ठको मृत्यु भएको हो । विपरित दिशाबाट आएको बा ३ ख ९९९२ नम्बरको निसान र बा ४६ प १५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मण्डन देउपुर नगरपालिका. वडा नं. ११ का सन्दिप थापा र पाँचखाल नगरपालिका वडा नं. ४ का अभिषेक खनाल घाइते भएको प्रहरी चौकी पाँचखालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्