हिंसा न्युनिकरण गर्न महिलाहरूलाइ सातदिने आत्मरक्षा तालिम



इटहरी । नेपालमा बढदो महिला हिंसा न्युनिकरण तथा किशोरीहरूलाइ आत्मरक्षाका लागि सुनसरीको इटहरीमा सातदिने आत्मरक्षा तालिम सञ्चालन भइरहेको छ । गत बिहीबार देखि  के आई एफ कुरोदय मार्शल आर्टस संघ सुनसरी शाखाको आयोजनामा इटहरीस्थित रंगशालाको कराते सभाहलमा सो तालिम सञ्चालन भएको हो ।

उक्त तालिममा इटहरी ,तरहरा , धरान ,दुहबी , झुम्का ,इनरूवा लगायत सुनसरिको बिभिन्न स्थानहरूबाट करीब ७० भन्दा बढि किशोरी एवम महिलाहरूको सहभागिता रहेको छ ।महिलाहरूलाइ आत्मरक्षा सम्बन्धि एक सातामा ३३ वटा बिभिन्न सिपमुलक र ज्ञानमुलक प्राविधक शिक्षा प्रदान गरिने तालिमका प्रशिक्षक असोक सुब्बाले बताउनुभयो ।


त्यस्तै महिलाहरूमा थप आत्मबिश्वास बढाउन र हिंसालार्इ  न्युनिकरण गर्ने उद्ेश्यकासाथ यो तालिम प्रदान गरिएको  कुरोदय मार्शल आर्टस संघ सुनसरीकि संयोजक मनिषा रसाइलीले बताउनुभयो । 

 तालिममा किसोरी एवम महिला दिदी बहिनी सबैले केही फरक ज्ञान सिक्न सक्ने र दैनिकि जिवनमा उपयोगी प्रविधिक ज्ञानले जीवन सहज बनाउन मदत पुग्ने संघका सचिव कृष्ण थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्