विप्लव समूहका नेता कार्की धरौटीमा छुटे



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता नरबहादुर कार्की छुटेका छन् । सोमबार उनी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका हुन् ।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले असार ९ गते सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरेको थियो ।

कार्की नेताका अलवा मोटिभेसन स्पिकरका रूपमा चर्चित छन् । उनी रेखा थापा निर्देशित ‘मालिका’ चलचित्रका कथाकार एवं कार्यकारी निर्माता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्