सुन तस्करी प्रकरणः न्यायाधीश सिंह सेवाबाटै बर्खास्त



सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्।

न्यायपरिषद्ले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटोको कार्यसम्पादन प्रक्रियालाई लिएर दुई बर्षसम्म बढुवा रोक्काको निर्णय गरेको छ।

सिंह सोमबारदेखि नै पदमुक्त भएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद् बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्