कांग्रेस नेता खुमबहादुर खड्काकाे निधन



नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज निधन भएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन् । खड्का मृर्गाैला, छाती, नसासहितका समस्याबाट पीडित थिए । ४० दिन अघि हृदयघात भएर खड्काे दुइ  दिनसम्म काठमाडाैंकाे नर्भिक अस्पतालमा उपचार गरेपछि एपाेलाे अस्पताल लगिएकाे थियाे । तर, साढे दुइ वर्ष अघि  मृर्गाैला प्रत्याराेपण गराएका खड्का अन्ततः निकाे हुन सकेनन् ।

८ पटकसम्म मन्त्री भएका उनी निक्कै प्रभावशाली गृहमन्त्रीका रूपमा परिचित छन् । सार्वजनिक पद धारण गर्दा उनी भ्रष्टाचारमा अाराेपित हुँदै जेलसमेत बसेर निस्किएका थिए । तर पनि उनले राजनीतिबाट हार मानेनन् । कांग्रेसकाे १३ अाैं महाधिवेशनबाट उनी पुनः अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भए । खड्काकी श्रीमती शीला खड्का, एक छाेरा र एक छाेरी छन् ।

प्रतिक्रिया दिनुहोस्