धुलिखेल अस्पतालले मनायो २३ औं वार्षिकोत्सव



२४ मंसिर, काठमाडौं– देशकै उत्कृष्ट सामुदायिक अस्पतालको पहिचान बनाएको धुलिखेल हस्पिटलले स्थापनाको २३ औं वार्षीकोत्सव मनाएको छ । देशभरीका कमजोर आर्थिक अवस्था भएका विरामीहरूको सहज उपचारको माध्यम बनेको धुलिखेल अस्पताल वि.सं. १९९६ मा स्थापना भएर काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पतालका रुपमा सञ्चालन हुँदै आइरहेको छ ।

मंगलबार आयोजित वार्षिकोत्सव समारोहमा मारोहमा काठमाडौं विश्व विद्यालयका पूर्व उपकुलपती डा. सुरेश राज शर्मा, उपकुलपति रामकण्ठ माकाजु, अस्पतालका प्रबन्धनिर्देशक डा. राजेन्द्र कोजू, जिल्ला प्रशाशन कार्यलय प्रमुख श्रवण कुमार तीमल्सिना, धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

५० शैयाबाट सेवा प्रदान गर्न थालेको धुलिखेल अस्पतालले हाल ४ सय शैया पुर्याएको छ । अस्पतालले प्रायः सबैखाले उपचार सेवा प्रदान गर्दै आएको छ । दर्जनभन्दा बढी भवन निर्माण गरिसकेको अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक प्रविधिबाट शर्वसुलभ शुल्कमा बिरामीको उपचार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्