तीब्र गतिका ट्रक र एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु



१५ मंसिर, सुनसरी– सुनसरीमा ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार ६ जनाको मृत्यु भएको हो।
अस्पतालमा उपचारका लागि ल्याइएकी महिलाको मृत्यु भएपछि शव लिएर फर्किँदै गरेको एम्बुलेन्समा मृतक सहित सात जना सवार थिए । प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला (मृतक) ६ पुरुष सवार थिए।

प्रहरीले घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ। दुबै साचारीसाधन ७०–८० किमीप्रतिघण्टाको गतिमा हुनुपर्ने प्रहरीको भनाइ छ । ट्रकसँग ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको र मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको प्रहरीले बताएको छ । मृतकहरूको पूरा परिचय खुलीसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्