भक्तपुरमा कांग्रेस नेकपाभन्दा अगाडी



१५ मंसिर, काठमाडौं– प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा भक्तपुरमा नेपाली काँग्रेसले २ हजार भन्दा बढी मतले अग्रता लिएको छ । जिल्लाको निर्वाचन क्षेत्र १ ‘क’मा अहिले सम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेले ९ हजार ९५ मत पाएका छन् ।

यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकालले ६ हजार ७ सय ८३ मत पाएका छन् । नेमकिपाले २ हजार ६१ मत पाएको छ । गाईले २७९, तराजुले २३६, हँसिया हथौडाले १४ र हातले १४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्