नेपाली काँग्रेस सीके राउतको पार्टीभन्दा पछाडी : हरिपूर्वा–१ मा समाजवादीलाई नेकपा र राजपाको बराबरको टक्कर



१४ मंसिर, काठमाडौं– सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । रायले ३४७ मत प्राप्त गरेका छन् । उक्त वडामा नेपाली काँग्रेस भने सिके राउतको पार्टी भन्दा पनि पछाडी परेको छ ।

शनिबार भएको मतदानमा समाजवादी पार्टीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार का उम्मेदवार दोस मोहम्मद अंसारी र रामविश्वास रायले समान ३ सय २८ मत पाएका छन् ।

नेपाली कांग्रेसले २३ मत प्राप्त गरेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले ५२ मत प्राप्त गरेको छ । उक्त स्थानमा दुई स्वतन्त्र उम्मेदवारीले खाता नै खोल्ने सकेनन् । १ हजार ३५६ मतदाता रहेको यो वडामा १ हजार ९३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्