हुन्डी कारोवारी ३८ लाख नगदसहित पक्राउ



१२ मंसिर, काठमाडौं– ३८ लाख १२ हजार रुपैयाँसहित दुईजना हुन्डी कारोवार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय कृष्ण प्रसाद भट्टराई र अन्जनी ओभरसिजका संचालक ५८ वर्षीया गोवर्धन प्रसाद सरावगी रहेका छन् ।


भट्टराईलाई सरावगीले हुन्डी कारोवार गर्न दिएको ३० लाख र सरवगीको साथबाट अवैध ८ लाख १२ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । त्यस्तै उनीहरुको साथबाट विभिन्न व्यक्तिको नामको लेखिएका चेक पनि बरामद गरिएको छ ।

गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी महाशाखबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्