पनौती नगर प्रमुख र युनेस्कोका निर्देशकबिच छलफ



विश्वसम्पदा सूचीमा सुचिकृत हुँदै पनौती

१० मंसिर, काभ्रेचलाञ्चोक– युनेस्कोका निर्देशक मानहार्ट क्रिस्टियान संग पनौती नगरपालिका प्रमुख मेयर भिम न्यौपानेले नगरपालिकाको कार्यकक्षमै भेटघाट भएको छ । मंगलबार नगरपालिकामा क्रिस्टियानलाई स्वगत गर्दै नगर प्रमुख भिम न्यौपानेले पनौतीको बारेमा छलफल समेत गर्नुभएको थियो ।

छलफलमा उपप्रमुख गिता बन्जरा, कार्यकारी प्रमुख, प्रशासकिया प्रमुख इन्द्र अधिकारी लगायत नगरपालिका काका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । युनेस्कोका निर्देशक मानहार्ट क्रिस्टियान लागायत युनेस्कोको टोलीसँग प्रतिनिधिहरूसँग पनौतीको एतिहासिक तथा धार्मिक महत्वका विषयमा छलफल भएको थियो । छलफलको क्रममा निर्देशक मानहार्ट क्रिस्टियानले पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताएको पनौती नगर प्रमुख भिन न्यौपानेले दिनुभयो । ।

न्यौपानेले पनौती नगरपालिका २२ वर्षअघि विश्व सम्पदामा प्रस्तावित गर्ने भनेर निर्णय भैसकेको अवस्थामा समेत पनौती अहिलेसम्म सम्पदा प्रकृयामा जान नसकेको बताउनुभयो । ‘पनौतीलाई अझ सम्पदाजन्य बनाउन अहिले आएको गुरुयोजनाअनुसार तत्काल काम सुरु हुनेछ । यहाँका पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ,’ प्रमुख न्यौपानेले भन्नुभयो ।

न्यौपानेले सम्पदाजन्य कामका लागि यसै आर्थिक वर्षमा १ करोड रुपैयाँ छुट्याइएको जानकारी दिंदै तत्काल कार्यायोजना तय गरेर पनौतीलाई थप पुरातात्विक महत्वको शहर बनाइने घोषणा गर्नुभएको थियो । उहाँले नगरपालिका स्थानीय जनसहभागिता र पुरातत्व तथा दातृ निकायको सहकार्यमा पनौतीलाई सम्पदाजन्य स्वरुप दिन आफू तत्पर रहेको बताउनुभएको थियो । सो अवसरमार मेयर न्यौपानेले पनौतीलाई सम्पदायुक्त सहरका रूपमा विकसित गर्न तयार पारिएको ‘पनौती गुरुयोजना’ समेत हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्