बिरामी महिलामाथि बलात्कार प्रयासको आरोपमा डाक्टर पक्राउ



९ मंसिर, काठमाडौं– बिरामी भएर उपचार गर्न आएकी महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ परेका छन् ।

मेडिसीटी अस्पतालका जनरल फिजिसियन डाक्टर रोहितप्रसाद झा अस्पतालमा उपचार गर्न आएकी बिरामी महिलामाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले झालाई पक्राउ गरिएको पुष्टि गरेको हो । प्रहरीले उपचार गर्न आएकी बिरामी महिलाले यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरि जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्