पाँचखालमा मदन भण्डारी विज्ञान प्रविधि विश्व विद्यालय बन्ने



सञ्चारमन्त्री बाँस्कोटाद्वारा स्थलगत निरीक्षण

९ मंसिर, काभ्रेपलाञ्चोक– काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा मदन भण्डारी विज्ञान प्रविधि विश्व विद्यालय विश्वविद्यालय स्थापना गर्न सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थलगत निरीक्षण गर्नुभएको छ ।

सोमबार मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका वडा नं. ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणमा मुख्य सचिव लोकदर्शन रेग्मी, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नमोबुद्ध नगरपालिकाका मेयर टि.पि.शर्मा तिमल्सिना, नेकपाका नेता कञ्चन अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रविधिकको प्रतिवेदन अनुसार विश्व विद्यालयको लागि पाँच हजार रोपनी जग्गा आवश्यक पर्छ । सोही रिपोर्टको आधारमा उपयुक्त स्थल छनौटका लागि मन्त्री बाँस्कोटासहितको टोलीले निर्माण स्थलका लागि जग्गा नीरीक्षण गरेको हो।

प्रतिक्रिया दिनुहोस्