कुन्ताबेशीमा टिपरको ठक्करबाट एकजना घाइते



९ मंसिर, काभ्रेपलाञ्चोक– काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ कुन्तावेशीमा टिपरको ठक्करबाट एकजना घाइते भएका छन् ।

बा ४ ख ४९१८ नम्बरको टिपरले ठक्कर दिँदा मण्डनदेउपुर वडा नं. ८ जुडिगाउँका रत्नबहादुर राई गम्भिर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको स्थानीय होमप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

जिरोकिलो मेलम्ची सडक स्तरोन्नतीसँग पछिल्ला समय दुर्घटना बढेका छन् । धेरैजसो टिपर चल्ने उक्त सडकमा टिपरको तीब्र गती र पैदल यात्रु तथा मोटरसाइकल चालकको लापरवाहीले धेरैले ज्यान गुमाइसकेको छ । हिंगुवापाटी प्रहरीचौकी र सिपाघाट प्रहरी चौकीको निकम्बापनका कारण स्थानीयले मोटरसाइकल चलाउँदा हेल्मेट समेत प्रयो गर्दैनन् । जसका कारण पनि केही ले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्