दक्षीणकोरियामा नेपाली युवाहरूले गरे भ्रमणवर्ष २०२० को प्रचार



८ मंसिर, काठमाडौं– नेपाल भ्रमणवर्ष २०२० को दक्षीण कोरियाका सहरहरूमा प्रचार गरिएको छ । ‘पर्यटन वर्ष २०२० सफल पारौं, सचेत नागरिकको परिचय दिउँ’ भन्ने मूल नाराका साथ दक्षीणकोरियाको ख्वांजू स्थित नेपाल सामुदायिक समिति र समन्वय परिषद् (एनआरएनए) छल्लानाम्दो क्षेत्रीय शाखाको आयोजना तथा ख्वांजू प्रहरीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

दक्षीणकोरियाका मुख्य सहर ख्वांजू, मुदुङसान्, ख्वांजुसिने, सोङजङ यक मा नेपालीहरू भेला भएर नाँच, भजन तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपालका मनोरम ठाउँहरूका बारेमा प्रचार गरिएको थियो । कार्यक्रममा नेपालका पर्यटकीय स्थलहरूका प्रचार सामग्रीहरू वितरण समेत गरिएको थियो ।

उक्त कार्यक्रमा सामुदायिक समितिका अध्यक्ष अरुण क्षेत्री, सचिव गुरुदत्त पराजुली, एनआरएनएका सुदिप कार्की लगायतले आफ्नो मन्तव्य राखेको कोरियाबाट कुबेर ढकालले जानकारी दिए । उनले भ्रमण वर्षमा धेरै कोरीयाली नागरिक नेपाल आउन उत्सुक रहेको समेत जानकारी दिए । कार्यक्रममा प्रचार सामग्री नेपाली दुतावास कोरीयाले उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्