बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई गिरफ्तार गर्न अनेरास्ववियूको माग



८ मंसिर, काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ ।

अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै सरकारले तोकेको भन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही अघि बढाउन सरकारसँग माग गरेको हो । अनेरास्ववियुका संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा निर्धारित समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न समेत माग गरिएको छ । अनेरास्ववियूले गण्डकी, यूनिभर्सल र चितवन मेडिकल कलेजमा भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै ती कलेजमा विद्यार्थीमाथि गरिएको दमन सह्य नहुने समेत जनाएको छ । यूनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमन, षडयन्त्र र ज्यानमार्ने सम्मका धम्कीहरुले हामीलाई थप आक्रोशित बनाएको छ ।

अनेरास्ववियूले पछिल्लोपटक दिएको १५ दिनको समयसीमा भित्र शुल्क कार्यान्वयन र समायोजन गर्न माग गरेको छ । आफूहरुको मागप्रति व्यवस्था गरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत अनेरास्वविय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्