देउवालाई शान्ता चौधरीको प्रश्न : तपाईं सत्तामा हुँदा राष्ट्रघाती सन्धिमा हस्ताक्षर किन गर्नुभयो ?



८ मंसिर, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिलाई लिएर १२ वटा प्रश्न गर्नुभएको छ ।

शनिबार कास्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतीमा भारतले सिमा मिचेर नक्सा छापोको बताएको विषयलाई लिएर सचेतक चौधरीले देउवालाई तपाईं सत्तामा हुँदा राष्ट्रघाती सन्धिमा हस्ताक्षर किन गर्नुभयो ? भनेर प्रश्न गर्नुभएको हो । नेतृ चौधरीले काँग्रेस सभापति देउवालाई सोधेका १२ प्रश्न यस्ता छन् ।

  • तपाईं सत्तामा हुँदा राष्ट्रघाती सन्धिमा हस्ताक्षर किन गर्नुभयो ?
  • भारतले नाकाबन्दी लगाउँदा त्यतिबेला तपाईंको राष्ट्रवाद कहाँ लुक्यो ?
  • बालुवाटार परिसरको ललितानिवास लगायत देशभरि नै सार्वजनिक जग्गा भूमाफियालाई लुट्न दिने काम कसले गर्‍यो ?
  • सुन तस्करहरु कसले जन्मायो, सुनकाण्ड कसको पालामा भए ?
  • वाइडबढी विमान खरिदको सम्झौता गर्ने र पहिलो किस्ता रकम पठाउने काम किन गर्नुभयो ?
  • देशका उद्योगधन्दा र कलकारखाना कौडीको मूल्यमा बेच्ने काम कसले गर्‍यो ?
  • बहुदल आएपछि सरकारको नेतृत्व सबैभन्दा बढी कसले गर्‍यो ?
  • भ्रष्टाचारलाई संस्थागत गर्दै देश डुबाउने काम कसले गर्‍यो ?
  • दरबारलाई सत्ता बुझाउने काम कसले गर्‍यो ?
  • नेपालको सीमानाबाट भारतीय सेना हटाएर नेपाली भूमि फिर्ता गराउन तपाईंले किन सक्नुभएन ?
  • सम्माननीय प्रधानमन्त्रीले सीमानाका विषयमा भरतलाई खुला चुनौती दिँदा के सुनेर बस्नुभयो ?
  • कुटनीतिक पहलका लागि सरकारले नोट पठाइसकेको खबर पाउँदा पाउँदै बुझ किन पचाउनु भयो ?
प्रतिक्रिया दिनुहोस्