बस र टेम्पो एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते



२८ कात्तिक, काठमाडौं– भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् ।

राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भन्नुभयो ।
राससरएएनआई

प्रतिक्रिया दिनुहोस्