श्री एयरलाइन्सको हजाज यतीको जहाजसँग ठोक्कियो



२३ कार्तिक, काठमाडौं– श्री एयरलाइन्सको हजाज यतीको जहाज ठोक्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री र यति एयरलाइन्सका जहाज ठोक्किएका हुन् ।

श्री एयरलाइन्सको जहाजले पार्किङ गर्ने क्रममा पार्किङ गरिराखेको यतिको जहाजलाई धक्का दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्