नेपालीको सिमा मिच्नेको विरुद्ध ‘कालापानी’ सार्वजनिक



२२ कात्तिक, काठमाडौं- भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । 

देशप्रेमको भावना बाट ओतप्रोत भएको गीतमा शब्द, संगीत प्रभावन जे को रहेको छ । गितमा स्वर स्वंम प्रभावन जे, सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र  विवेक चौलागाईको रहेको छ । 

गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् । गीतको परिकल्पना राजाराम गौतमको रहेको छ भने भिडियोको इडिट नविन भट्टले गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्