बसले किचेर सहचाकको मृत्यु



२२ कात्तिक, भोजपुर– भोजपुरमा बसेले किचेर सहचालकको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ४ नागीको चखेवामा ना ४ ख ८५५९ नम्बरको बस ओत लाउने क्रममा चिप्लिएर किच्दा सोही गाउँपालिकाको २ छिनामखु वादुङ्लाका बस सह–चालक २३ वर्षीय विकास राईको ज्यान गएको हो ।

बस भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको र पार्किङ गर्ने क्रममा बिहीबार साँझ करिब साढे ६ बजे राईलाई किचेको प्रहरीको जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्