भारतीय दुतावास अगाडी अनेरास्ववियुको प्रदर्शन



२२, कात्तिक, काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय दुतावास अगाडी प्रदर्शन गरेको छ । भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

भारतीय दूतावास अगाडि सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार बिहान विरोध प्रदर्शन गरेको हो । विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाएका थिए भने लिपुलेक हाम्रो हो भन्दै नारा लगाएका थिए ।

भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नोतर्फ पारेपछि सिमा विवाद उत्पन्न भएको हो । भारतको यो क्रियाकलापको विरुद्ध सरकार देखि सडकसम्म विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्