कास्कीमा उपनिर्वाचनको रौंनक : विद्याको पक्षमा उर्लियो मानवसागर



२१ कार्तिक, कात्तिक– कास्कीको प्रतिनिधिसभा क्षेत्र नंं. २ को उपनिर्वाचनका लागि दलहरूले आज उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको उक्त क्षेत्रमा सत्तारुढ दल नेकपाले अधिकारी पत्नी तथा अनेरास्ववियु पूर्व केन्द्रीय सचिव विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

भट्टराईले मृख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्धारको मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता अगाडी विद्याको पक्षमा सर्वसाधरणले बाजागाजासहित र्याली निकालेर जिल्ला निर्वाचनको कार्यालय पुगेका थिए । उहाँको प्रस्तावकमा कृष्णबहादुर थापा रहनु भएको छ । उहाँले तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको जन्मघरबाट चुनावी अभियान शुरु गर्नुभएको हो ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको छ ।

कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले विद्या भट्टराई, नेपाली कांग्रेसले खेमराज पौडेल, संघीय समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी र विवेकशील दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्