कास्कीमा मनोनयन दर्ता गर्दागर्दै मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट



२१ कार्तिक, काठमाडौं– कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ । बिहीबार कास्की क्षेत्र नक्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गर्दैगर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिष्फोट भएको हो ।

विष्फोटबाट ठुलो क्षति केहिपनि नभएको जनाइएको छ । यसैबिच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छिन् । घटनास्थललाई प्रहरीले आफ्नो कब्जामा लिइसकेको छ । बिष्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन

प्रतिक्रिया दिनुहोस्