भक्तपुरमा झाँकीसहित दलहरूको मनोनयन दर्ता



देवीप्रसादलाई बामदेव गौतम र महेश बस्नेतको साथ

२१ कात्तिक, भक्तपुर– भक्तपुर आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरूले प्रदेश सभा १ (क) मा मनोनयन दर्ता गराएका छन् । सत्तारुढ दल नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल (डिपी) ले नेकपाका नेता बामदेव गौतम र भक्तपुर प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद महेश बस्नेत सहितको सहभागितामा भव्य र्याली र झाँकी सहित ढकालले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट कृष्ण भँडेलको पनि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा कांग्रेस कार्यकर्ताहरु जुलुसहित निर्वाचन कार्यालय पुगेका थिए । यस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजुले पनि उम्मेदवारी दर्ता गराएका छन् भने समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मी र राप्रपा संयुक्तका रामशरण लामिछानेले पनि उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा क्षेत्रबाट तीन स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्