भिरमौरीको मह निकाल्दा भिरबाट लडेर मृत्यु



२० कात्तिक, काठमाडौं– भिरमौरीको मह शिकार गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । भिरमौरीको मह काढ्दै गर्दा भीरबाट खसेर उनको निधन भएको प्रहरीले जनाएको छ ।

लमजुङको दोर्दी गाउँपालिका– ४ को ढोडेनी स्थित धुमस्वाँरा गाउँका २६ वर्षीय मह शिकारी गोरे गुरुङ (सानो) को निधन भएको प्रहरीले पुष्टि गरेको छ । उनी ढोडेनीकै ठूलो ढुंगाको छेउमा रहेको क्रोजे भिरमा भिरमौरीको मह शिकार गर्न गएका थिए ।

५– ६ वटा भिरमौरीको गोलाबाट मह झिक्ने क्रममा उनी भिरबाट खसेको प्रत्यक्षदर्शी साविक ढोडेनी गाउँ विकास समितिका पूर्वअध्यक्ष गोरे गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्