हत्या गरिएकाे अवस्थामा दम्पतीकाे शव भेटियाे



१९ कार्तिक, काभ्रेपलान्चोक- काभ्रेपलान्चोक जिल्लाकाे नमोबुद्ध नगपालिका वडा नं ८, तल्लो हटियामा हाेटल व्यवसाय गर्दै आएका एक दम्पती मृत फेला परेका छन् ।

आफ्नै घरमा हाेटल व्यवसाय गर्दै आएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती अन्दाजी ५० बर्षकि रुकुमाया श्रेष्ठको शव फेला परेको स्थानीय पृथ्वी नारायण लामाले जानकारी दिए । उनिहरुकाे धारिलो हतियार प्रहार गरि हत्या गरिएकाे अवस्थामा शव फेला परेेकाेे हाे । क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।

घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए । छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशङ्का गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्