सातै प्रदेशका प्रदेशप्रमुख पदमुक्त



१७ कात्तिक, काठमाडौं– सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदले प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को उक्त निर्णय राष्ट्रपति कार्यालयले सदर गरेको छ ।

यो निर्णय सदर भएसँगै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका प्रदेश प्रमुखहरू प्रा.डा गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वर कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्ल पदमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्