प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



१४ कात्तिक, काठमाडौं- स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि ग्राण्डी ईन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उपचार सकी विहीबार अपरान्ह डिस्चार्ज भएका छन् ।

बुधबार मिर्गौलाको डायलासिस गराउन पुग्नुभएका प्रधानमन्त्री ओलीको विहीबार पनि डायलासिस गरिएको थियो ।

प्रधानमन्त्रीको उपचार सफलताका साथ गरी डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

ओलीले केही दिन धपेडी नगरी आराम गर्नुपर्ने हुन सक्छ । अवस्थाअनुसार दुई चार दिनमा नियमित चेकजाँच समेत गराउनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्