रोकीराखेको बसमा आगजनी



१४ कार्तिक, काभ्रेपलाञ्चोक– काभ्रेको बनेपामा रोकीराखेको बसमा आगजनी भएको छ । बनेपा नगरपालिका वडा नं. १२ साँगामा रोकीराखेको बा३ख ८०३४ नम्बरको बसमा बुधबार साँझ आगो लगाइएको हो ।

लामो समयदेखि सञ्चालनमा नआएको उक्त बसमा के कसरी आगो लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । आगोबाट बस पूर्णरुपमा क्षतीग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्