सानालाई ऐन ठूलालाई चैन : रङ्गेहात पक्राउ परेका पूर्वराज्यमन्त्रीलाई छुट बाँकीलाई मुद्दा



१३ कात्तिक काठमाडौं– प्रहरीले रङ्ग्हात पक्राउपरेका पूर्वगृहराज्यमन्त्रीलाई छाडिदिएको छ भने बाँकीलाई मुद्दा चलाउने भएको छ । तिहारको तीन दिनमा पक्राउ परेका जुवाडेहरूलाई सार्वजनिक विदाका कारण भोली म्याद थप गरी कारवाही प्रक्रिया सुरु हुनेछ । प्रहरीले महारागजञ्ज (पिपलमार्ग) बाट पक्राउ गरेका २६ जना जुवाडे मध्ये नेपाली काँग्रेसका नेता तथा पूर्वगृहराज्य मन्त्री इन्द्र बानियाँलाई भ्यानमा पुर्याएर छाडिदिएको छ भने नेकपा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई पूर्व सूचना दिएर भगाइदिएको छ ।

प्रहरीले अहिले सम्मकै ठूलो जुवा खालमा छापा मार्दा २ करोड ६७ लाख रुपैयाँ नगद सहित पक्राउ परेका २६ जना मध्ये काँग्रेसका नेता बानियाँलाई भने भ्यानबाटै रिहा गरि बाँकी २५ जनालाई मुद्दा चलाउने तयारी गरेको छ । उक्त जुवा खालमा नेकपा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समेत रहेकोमा प्रहरी पुग्नु अधि नै सूचना पाएर उनि निस्किएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीको अनुसार उनी निकटका एक जना प्रहरीले जुवा खालमा छापा मार्न लागिएको सूचना चुहाएपछि बुढा प्रहरीले छापा मार्नुभन्दा २० मिनेट अगाडि मात्रै निस्किए । प्रहरीको माथिल्लो तहको आदेश पछि पक्राउ गरी भ्यानसम्म पुर्याइएका काँग्रेस नेता बानीयाँ समेत उन्मुक्ति पाएका छन् ।

प्रहरीले अहिलेसम्मको सबैभन्दा बढी रकम उक्त जुवाखालबाट बरामद गरेको छ । बरामद गरिएको रकम गन्न मात्र प्रहरीको टोलीलाई तीन घण्टा लागेको थियो । ‘जुवा खालबाट पक्राउ परेका व्यक्तिले पूर्व गृहराज्यमन्त्री बानियाँ र बहालवाला पर्यटन राज्यमन्त्री बुढा पनि जुवा खालमा रहेको बयान दिएका छन् । तर, बुढा पहिले नै सूचना पाएर निस्किए, बानियाँ भने पक्राउ परिसकेर पनि माथिको आदेशबाट छुटे ।’

पक्राउ परेका २५ जनाको नामावली

१. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो संचालक घरधनी )
२. जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं. ५ बस्ने राम कृष्ण के.सी। ।
३. दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने ईन्द्र श्रेष्ठ ।
४. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।
५. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३५ बस्ने श्याम प्रसाद पराजुली ।
६. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ बस्ने अशोक श्रेष्ठ ।
७. काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं. ११ बस्ने सिताराम खड्का ।
८. जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ११ बस्ने रोशन तामाङ्ग ।
९. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ बस्ने राम तामाङ्ग ।
१०. काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं. ६ बस्ने कृष्ण भण्डारी ।
११. काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ बस्ने सुमन अग्रवाल ।
१२. जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं. ३ घर भई बस्ने सुमन गुरुङ्ग ।
१३. जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं.३ घर भई बस्ने सोवित शिलवाल ।
१४. जिल्ला ललितपुर पुल्चोक वडा नं. २० बस्ने सोहेल कार्की ।
१५. काठमाण्डौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ बस्ने पवन अग्रवाल ।
१६. जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं. ३ बस्ने पवित्र कुमार कार्की ।
१७. जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं. ४ बस्ने बलराम सापकोटा ।
१८. जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने धावा लामा ।
१९. जिल्ला काठमाण्डौ का.म.न.पा. वाड नं. १५ बस्ने मुक्ती लामा ।
२०. जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ९ बस्ने शम्भु बुढाथोकी ।
२१. जिल्ला ललितपुर ठेचो नगरपालिका वडा नं. ९ गोदावरी बस्ने प्रेम थापा मगर ।
२२. जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ भाङगी बस्ने बुद्ध लामा ।
२३. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ४ बस्ने शम्भु शेर्पा ।
२४. जिल्ला काभ्रेपलान्चोक तिमाङ गाँउपालिका वडा नं. ६ बस्ने नवाङ्ग लामा ।
२५. जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ५ घर भई बस्ने प्रदिप बोगटी ।

प्रतिक्रिया दिनुहोस्