ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खेलकुद सप्ताह



८ कात्तिक, काभ्रेपलाञ्चोक– ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कार्तिक ३ गते देखि ८ गते सम्म आयोजना गरेको विद्यालय तथा कलेज तहको खेलकुद सप्ताह समापन गरेको छ । उद्घाटन कार्यक्रममा कार्यक्रमका सभापति सुरकृष्ण वैद्यले अतिरिक्त कियाकलाप र बिभिन्न सृजनात्मक कार्यक्रमहरुले विद्यार्थीहरुमा चौतर्फी बिकास हुने धारणा व्यतm गरेका थिए । शिक्षा क्षेत्रमा उत्कृष्ट ज्ञानकुञ्ज कलेजले अतिरिक्त कियाकलाप र खेलकुदमा पनि काभ्रे जिल्लामै उत्कृष्ट भुमिका खेलेको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्यले प्रतिष्ठानले विगतका वर्षहरुबाट खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिएको बताए । प्रतिष्ठानले विद्यार्थीहरुलाई नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षा साथ साथै यस्ता खेलकुद प्रतियोगिताबाट विद्यार्थीहरुले सामाजिक उत्तरदायित्वमा अग्रसर हुन सक्ने भई नगर,जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा पनि खेलकुद मार्फत नेतृत्व गर्न सक्ने बताए त्यस्तै सहायक कलेज प्रमुख नवराज चौलागाई तथा प्रिन्सिपल जेन बादेले खेलकुद सप्ताहमा म्याराथुन, बास्केटबल, फुटबल, भलिबल, कवर्डि, Tug of War, Account Race, Math Race, टेबुल टेनिस, ब्याटमिन्टन्, चेस लगाएत तह अनुसारका विभिन्न खेलकुद गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्