लरीभित्र भेटियो ३९ जनाको शव



७ कात्तिक, काठमाडौं– बेलायतको एसेक्स सहरमा एक लरीभित्र ३९ जनाको शव फेला परेको छ । एसेक्सस्थित पूर्वी एभिन्यू वाटरग्लेड औद्योगिक पार्कमा एक लरीबाट ३९ शव निकालिएको हो ।

२५ वर्षीय लरी चालक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार उक्त गाडी बल्गेरिया हुँदै होलीहेड एन्जलसेबाट बेलायत पसेको हो ।

३८ जना युवा र एक जना किशोर शव रहेको बिबिसीले जनाएको छ । चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्