रोकीराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा काफ्लेको मृत्यु



५ कात्तिक, काभ्रेपलाञ्चोक– काभ्रेको बनेपामा रोकीराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा १८ च ३९५२ नम्बरको बोलेरोले बा ५० प ४४४७ नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा पाँचखाल नगरपालिका वडा नं. ७ बस्ने ४० वर्षकी सिता काफ्लेको मृत्यु भएको हो । दुर्घटनामा घाइते काफ्लेलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई केही नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्