टेलिकमभित्रै कर्मचारीको जुवा खाल : सात जना प्रहरीको नियन्त्रणमा



५ कात्तिक, काठमाडौं– नेपाल टेलिकमको बबरमहल कार्यालयमा तास खेलिरहेका ७ जना कर्मचारी सहितको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो २ बजे नेपाल टेलिकमको कार्यालयमा प्रहरीले छापा मारेर उनिहरूलाई नियन्त्रणमा लिएको हो ।

कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बबरमहलमा रहेको कार्यालयको मुख्य भवनमै कार्यालय समयमा कर्मचारी तास खेलिरहेका थिए ।

टेलिकमकै केही उच्च अधिकारीसमेत तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । १५–२० जनाले तास खेले पनि प्रहरी आएको सूचना पाएर अन्य कर्मचारी भागिसकेका थिए । सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको बबरमहल कार्यालयमा बिहान १० बजेदेखि नै जुवातासको खाल सुरु हुने गरेको केही कर्मचारीले नै गुनासो गरेका छन् । पक्राउ परेका कर्मचारीलाई कानुन अनुसारको कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्