युट्युबबाट गित हटाएर गायक दुर्गेश थापा हिरासतमुक्त



५ कात्तिक, काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएका गायक दुर्गेश थापा आफ्नो विवादित गीत युट्युबबाट हटाउने सहमतिपछि हिरासतमुक्त भएका छन् ।

तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।

उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेकोले प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्