चौध वाणिज्य बैंकको औसत लाभांश १७.८० प्रतिशत



२९ असोज, काठमाडौं– मुलुकमा रहेका २८ वटा बाणिज्य बैंकहरू मध्ये १४ वटाले लाभांश प्रस्ताव गरेका छन् । चौध वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् । असोज २८ गते मंगलबारसम्म १४ ले वितरण गर्ने लाभांश घोषणा गरेका हुन् भने १३ बैंकको लाभांश घोषणा हुन बाँकी छ।

कूल २८ वाणिज्य बैंक रहेकोमा राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । गत आवको मुनाफाबाट बैंकहरुले कूल १० प्रतिशतदेखि २५.५० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। हालसम्म घोषणा भएको लाभांशमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै घोषणा गरेको छ भने कुमारी बैंकको सबैभन्दा कम रहेको छ।

चार बैंकको एजिएम सम्पन्न, सानिमाको आज

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्ये चार वाणिज्य बैंकहरु एनआईसी एशिया, सिटिजन्स, कुमारी र माछापुच्छ्रे बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् ।

एनआईसी एशिया र सिटिजन्सले असोज १० गते, कुमारी बैंकले असोज ११ गते र माछापुच्छ्रे बैंकले असोज २४ गते साधारण सभा सम्पन्न गरेका हुन्। एनआईसी एशिया बैंकले त साधारण सभाबाट पारित नगद लाभांश वितरण समेत गरिसकेको छ ।

यसैगरि सानिमा बैंकले आजै ९असोज २९ गते० साधारण सभा सम्पन्न गर्दैछ भने बैंक अफ काठमाण्डूले भोली साधारण सभा आह्वान गरेको छ। यस्तै सिद्धार्थ बैंकले कात्तिक ७ गते र सनराइज बैंकले कात्तिक १५ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट बैंकलहरुले प्रस्तावित लाभांशका साथै अन्य विभिन्न एजेण्डाहरु उपर छलफल गरि पारित गर्ने एजेण्डा छन् ।

प्रतिक्रिया दिनुहोस्